काठमाडौँ,बैशाख २७ । बन्दाबन्दीको अवस्थामा पनि केही आधारभूत उद्योग खोल्न सरकारले दिएको अनुमतिपछि उद्यमी ब्यवसायी उत्साहित भए पनि शूरुका दिनमा कच्चापदार्थ एबं श्रमिक ब्यवस्थापन र उत्पादित बस्तुको बजारीकरणमा समस्या र चुनौती रहेको ब्यवसायीको गुनासो रहेको छ ।
विराटनगर, कच्चा पदार्थको अभावबीच सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा आएका छन् । भण्डारण, बाटोमा रहेका र आयात प्रक्रियामा रहेको कच्चा प्रशोधन उद्योगमा सुरु गरिएको हो ।
करिडोरका धेरै उद्योगीको तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ कोलकातास्थित बन्दरगाहामा रोकिएको छ । त्यो मालवस्तु क्रमशः ल्याउने र आयात प्रक्रियासमेत बढाउने योजनाअनुरूप उद्योग सञ्चालनमा आएका हुन् । खाद्यान्नसहित डिटरजेन्ट र प्याकेजिङका उद्योग बन्दाबन्दीको अवधिमा समेत आवश्यकता अनुसार सञ्चालनमा रहेका थिए ।

पूर्ण सञ्चालन हैन, मोरङ व्यापार सङ्घका अध्यक्ष एवं उद्योगी प्रकाश मुन्दडाले भन्नुभयो, उत्पादन कटौती गरेर सञ्चालनमा आएका छन् । कच्चा अभाव मात्रै नभई उत्पादित वस्तुको मागसमेत नभएपछि आवश्यकता हेरेर मात्रै उद्योग सञ्चालनमा आइरहेका हुन् । यो खबर आजका गोरखपत्रमा छ ।




