advertisement

प्रधानमन्त्री ओलीले अजरबैजानमा आयोजित अनलाइन शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै विशेष गरी अतिकम विकसित, भूपरिवेष्ठित राष्ट्रहरू तथा साना विकासोन्मुख टापु राष्ट्रहरूमा कोभिड–१९ को प्रभाव असीमित रहेको चर्चा गर्नुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

" /> गरिबी, अस्वस्थता र अल्पविकसितविरुद्धको लडाइँमा सिङ्गो मानव समुदाय एकै स्थानमा उभिनुपर्ने : प्रम - Sarbocha Media

गरिबी, अस्वस्थता र अल्पविकसितविरुद्धको लडाइँमा सिङ्गो मानव समुदाय एकै स्थानमा उभिनुपर्ने : प्रम

`

     २०७७ वैशाख २३ गते १:४३

काठमाडौँ, वैशाख २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी, अस्वस्थता र अल्पविकसित अवस्था विरुद्धको लडाइँमा सिङ्गो मानव समुदाय एकै स्थानमा उभिनुपर्ने बताउनुभएको छ ।

उहाँले विद्रोह तथा लडाइँमा संलग्न हुने यो समय नभएको चर्चा गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा विश्वव्यापी युद्धविरामका लागि गरिएको अनुरोधलाई समर्थनसमेत गर्नुभयो । प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित एक्सन रूमबाट असंलग्न आन्दोलनको सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनलाई सोमबार सम्बोधन गर्नुहुँदै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

advertisement

प्रधानमन्त्री ओलीले अजरबैजानमा आयोजित अनलाइन शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै विशेष गरी अतिकम विकसित, भूपरिवेष्ठित राष्ट्रहरू तथा साना विकासोन्मुख टापु राष्ट्रहरूमा कोभिड–१९ को प्रभाव असीमित रहेको चर्चा गर्नुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?