advertisement

मुलुकको अर्थतन्त्रबारे अनुसन्धान गर्ने सरकारी निकाय केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकमा चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र आधारभूत मूल्यमा २.२७ प्रतिशतले मात्र बढ्ने प्रक्षेपण गरिएको छ। योसँगै मुलुकको अर्थतन्त्रको आकार आधारभूत मूल्यमा ३२ खर्ब ९ अर्ब र उपभोक्ता मूल्यमा ३७ खर्ब ६७ अर्ब रुपैयाँको पुग्नेछ। यो खबर नागरिक दैनिकमा छ ।

" /> यो वर्ष मुलुकको आर्थिक वृद्धि २.२७ प्रतिशतमात्रै - Sarbocha Media

यो वर्ष मुलुकको आर्थिक वृद्धि २.२७ प्रतिशतमात्रै

`

     २०७७ वैशाख १८ गते १:४३

काठमाडौं, १८ वैशाख । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण आर्थिक क्रियाकलापमा सुस्तता आउँदा यो वर्ष मुलुकको अर्थतन्त्र २.२७ प्रतिशतले मात्र बढ्ने देखिएको छ।

विनाशकारी भूकम्पका कारण आर्थिक वर्ष २०७२–०७३ मा ०.२ प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धि त्यसपछिका वर्षमा तंग्रिन थालेको थियो। भूकम्प आएको ५ वर्षपछि देखिएको कोरोना समस्याले फेरि अर्थतन्त्रलाई नराम्रोसँग प्रभावित गरेको छ। सरकारले बजेट सार्वजनिक गर्दा चालु वर्ष साढे ८ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको थियो।

advertisement

मुलुकको अर्थतन्त्रबारे अनुसन्धान गर्ने सरकारी निकाय केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकमा चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र आधारभूत मूल्यमा २.२७ प्रतिशतले मात्र बढ्ने प्रक्षेपण गरिएको छ। योसँगै मुलुकको अर्थतन्त्रको आकार आधारभूत मूल्यमा ३२ खर्ब ९ अर्ब र उपभोक्ता मूल्यमा ३७ खर्ब ६७ अर्ब रुपैयाँको पुग्नेछ। यो खबर नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?