advertisement

काभ्रेमा लकडाउन लम्बिएपछि खान, बस्न समस्या भएर गाउँ फर्किएकाहरू ‘अनुशासन’ मा बसेका छैनन् । सहरमा एउटै कोठामा खुम्चिएर बसेकाहरू गाउँ फर्किन पाएपछि खुला महसुस गर्दै क्वारेन्टाइनमा नबसेका हुन्। यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

" /> लकडाउनले चुल्हो बाल्न नसक्दा राजधानीलगायतका सहरबाट हजारौं मजदुर पैदलै घर फर्के - Sarbocha Media

लकडाउनले चुल्हो बाल्न नसक्दा राजधानीलगायतका सहरबाट हजारौं मजदुर पैदलै घर फर्के

`

     २०७७ वैशाख १३ गते २:०३

काठमाडौं, १३ वैशाख, । लकडाउनले चुल्हो बाल्न नसक्दा राजधानीलगायतका सहरबाट हजारौं मजदुर पैदलै घर फर्के । उनीहरू खाली खुट्टा र भोकै सयौं किलोमिटर पार गरिसकेपछि कतिपय स्थानीय तहले गाडीको व्यवस्था गरी घर फर्काउने अभियान थाले ।

पछिल्लो साता जनप्रतिनिधिबीच गाडी व्यवस्थापन गरेर घर फर्काउने होड नै चलेको छ । बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राख्ने भने पनि गाडीबाट फर्केकाहरू निस्फिक्री घुम्दा कोरोना संक्रमणको जोखिम बढेको छ ।

advertisement

काभ्रेमा लकडाउन लम्बिएपछि खान, बस्न समस्या भएर गाउँ फर्किएकाहरू ‘अनुशासन’ मा बसेका छैनन् । सहरमा एउटै कोठामा खुम्चिएर बसेकाहरू गाउँ फर्किन पाएपछि खुला महसुस गर्दै क्वारेन्टाइनमा नबसेका हुन्। यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?