बाजुरा, ११ वैशाख । बाजुराको त्रिवेणी नगरपालिका–९ बाँगापाटामा र्यापिड टेस्टमा पोजेटिभ देखिएका दुई जनामा स्वाब परीक्षणमा नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
नगरपालिकामा गरिएको र्यापिड टेस्टमा १८ वर्षका र ६० वर्षका दुई पुरुषमा देखिएपछि स्वाब परीक्षण गर्न मङ्गलबार धनगढी पठाइएको थियो । नमूना स्वाब परीक्षणपछि दुवै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाजुरा जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिनुभएको छ ।

र्यापिड टेस्टमा १८ वर्षका युवकको दुईपटक जाँच गर्दा नेगेटिभ देखाएको भए पनि नमूना स्वाब परीक्षणका लागि पठाइएको हो भने ६० वर्षका पुरुषको र्यापिड टेस्टमा भने दुईपटक जाँच गर्दा पोजेटिभ देखिएको थियो । र्यापिड टेस्टमा नेगेटिभ र पोजेटिभ देखिएका दुवै पुरुषको स्वाब परीक्षणमा बुधबार नेगेटिभ आएको पन्तको भनाइ छ ।




