वि.सं.२०७७ साल वैशाख १० । बुधबार । ईश्वी सन् २०२० अप्रिल २२ तारिख । नेपाल संवत ११४० । प्रमादी संवतसर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैशाख कृष्णपक्ष । तिथि– चतुर्दशी,०० घडी १६ पला,बिहान ०५ बजेर ४१ मिनेट उप्रान्त औशी । नक्षत्र– रेवती,१३ घडी ४५ पला,दिउसो ०१ बजेर २९ मिनेट उप्रान्त अश्विनी । योग– विष्कुम्भ,४२ घडी २७ पला,बेलुकी १० बजेर ३३ मिनेट उप्रान्त प्रिती । करण– शकुनि,बिहान ०५ बजेर ४१ मिनेट उप्रान्त चतुष्पद,बेलुकी ०६ बजेर ४२ नाग । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–मीन,दिउसो ०१ बजेर २९ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय ०५ बजेर ३४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३१ मिनेट । दिनमान ३२ घडी २३ पला । पासाङ ल्हामु स्मृति । विश्व पृथ्विी दिवस । दर्शश्राद्ध। पञ्चक १३स्२९ बजे समाप्ति। निशि बार्ने औंसी।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : बिहानको समय मध्ययम रहेकोले अनाआवश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । मध्यान्हबाट चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुसी हुँनेछन् । सुन्दर तथा विलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफू तिर लोभ्याउँन सकिनेछ । तरपनि बाहिरि वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : बिहानको समय पढाई लेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्छा आकांक्षा तथा मनोकामना पूरा हुने समय रहेको छ । मध्यान्हबाट समय मध्यमय रहेकोले काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । प्रसस्त तयारि गरेर महत्वपूर्ण काम सुरु गर्दा राम्रो नतिजा हात लाग्नेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : स्वअध्ययनले बिद्यामा राम्रो प्रगति हुनेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्वन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । तरपनि बाहिरि वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : समाजसेवा तथा राजनितिमा समय दिनेहरुले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउँनेछन् । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । तरपनि बाहिरि वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : धार्मिक कार्य तथा परोपकारमा मन जानेछ। खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ। खराब आचरण भएका व्याक्तिहरुले फसाउने तथा केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। आशा देखाउनेहरूको भरपर्दा काम बिग्रनेछ । तरपनि धार्मिक क्षेत्र तथा परोपकारी काममा सहभागि भई काम गर्ने अवसर जुर्नेछ
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : बिहानको समय राम्रो रहेकोले पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आफन्त तथा चेलि माईती विच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) : पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुसि रहनेछन् । पारिवारका साथस्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : आफन्त तथा मामा माईजूबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने हुँदा अगाडि बढ्न सहज हुनेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुँनेछन् । बिहानको समय मध्ययम रहेकोले वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : सन्तान तथा परिवारले तपाईको काममा खासै सहयोग गर्ने छैनन् भने अपाईको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । व्यापार व्यावसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिश्पर्धिहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : बिहानको समय राम्रो रहेकोले पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउँनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधारण सँग सन्तुतिल व्यवहार गर्नुहोला काम बिग्रने हुदा मान सम्मानमा कमि हुनेछ । वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : दौडधुप तथा लामो खटाईले मात्र कामरु सम्पादन हुनेछन् । उद्योग तथा व्यापारमा घाटा लाग्नेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । विचार तथा भावनाहरु सामाजिक सञ्जालको माध्ययमबाट जनमानसमा लैजान सकिनेछ । तरपनि बाहिरि वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : परिवार तथा नजिकका मानिसबाट तपाईको काममा सहयोग प्राप्त हुनेछ । काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला । यात्रा गर्दा ध्यान दिनुहोला ।




