advertisement

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी रोक्न भन्दै सरकारले लगाएको लकडाउन तीन सातमा पुगेको छ। ‘घरमा दूध फालिन्छ, डेरीमा बिक्री गर्न किसानले सकिरहेका छैनन्’, उनले भने। यो खबर अन्नपूर्ण पोस्टमा छ ।

" /> दूध लिएर डेरीसम्म आउँदा प्रहरीले कुट्छ : किसान - Sarbocha Media

दूध लिएर डेरीसम्म आउँदा प्रहरीले कुट्छ : किसान

`

     २०७७ वैशाख ०७ गते १:०८

महोत्तरी, ७ बैशाख । रतनकुमार महतोको गोठमा चार वटा भैंसी थिए। लकडाउनले भैंसीलाई दानापानी जुटाउन समस्या भयो। उनले बाध्य भएर घाटा लगाई दुई वटा भैंसी बिक्री गरे। भैंंसीको दूध डेरीमा उनलाई पुर्‍याउन कठिन छ। उनीसँग अहिले गोठमा दुई वटा दूधालु भैंसी छन्।

‘लकडाउनले बजार बन्द भयो। पशु आहार दाना पाइएन। भुसा, पराल छैन। भैंसी पाल्नै सकिएन। बाध्य भएर सस्तोमै भैंसी बिक्री गर्नु पर्‍यो’, उनले भने। महोत्तरीको गौशाला नगरपालिका–१२ परोरियाका दूध किसान रतन कुमार भन्छन्, ‘दूध लिएर डेरी सम्म आउँदा प्रहरीले कुट्छ , मोटरसाइकल खोसिदिन्छ। धेरै अप्ठ्यारो भयो।’

advertisement

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी रोक्न भन्दै सरकारले लगाएको लकडाउन तीन सातमा पुगेको छ। ‘घरमा दूध फालिन्छ, डेरीमा बिक्री गर्न किसानले सकिरहेका छैनन्’, उनले भने। यो खबर अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?