भारतीय सुरक्षाकर्मीले दशगजामा अलपत्र पारिएका नेपालीलाई पुन भारततर्फ नै फर्काइयो

`

     २०७७ वैशाख ०६ गते १:२८

सर्लाही, ६ बैशाख । भारतीय सुरक्षाकर्मीले विहिबार मध्यराती दशगजामा ल्याएर अलपत्र छाडेका ९१ जना नेपालीलाई शुक्रबार दिउँसो पुनः भारततर्फ नै फर्काइएको छ।

भारतीय सुरक्षाकर्मीले सोनवर्षा लगायत ३ ठाउँमा क्वारेन्टाईनमा राखिएका १२३ जना नेपालीलाई ट्रकमा हालेर कनौली नाका स्थित लखन्देही खोलामा विहिबार राती छाडिदिएका थिए। त्यसरी छाडिएकामध्ये ९१ जनालाई पुनस् भारततर्फ नै क्वारेन्टाइनमा राख्ने गरी फर्काइएको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए।

दशगजामा छाडिएकामध्ये २४ जना भने सर्लाहीको चन्द्रनगर गाउँपालिका छिरेका छन्। नेपाल छिरेका २४ जनालाई कामद माविको क्वारेन्टाईनमा राखिएको छ। यो खबर आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?