advertisement

इन्टरनेट र टेलिकम सेवा प्रदायकहरूको ‘फोर-जी’ सेवा विस्तार भएका ठाँउमा सहजै यो व्यवस्था कार्यान्वयन हुनेछ। तर केही दुर्गमका जिल्लाहरूमा भने कार्यान्वयन गर्न कठिन हुनेछ।

" /> सर्वोच्च अदालतको मुद्दाको बहस ‘भिडियो कन्फरेन्स’ मार्फत हुने - Sarbocha Media

सर्वोच्च अदालतको मुद्दाको बहस ‘भिडियो कन्फरेन्स’ मार्फत हुने

`

     २०७७ वैशाख ०२ गते ४:४४

काठमाडौं, ०२ बैशाख । सर्वोच्च अदालतको अबदेखि मुद्दाको बहस ‘भिडियो कन्फरेन्स’मार्फत हुने भएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सो निर्णय गरेको हो ।

कुनै कानुन व्यवसायीले सशरीर उपस्थित नभई इमेल वा सम्भव भए भिडियो कन्फरेन्स समेतका माध्यमबाट पनि बहस–बुँदा प्रस्तुत गर्नसक्ने प्रबन्ध मिलाउने जनाइएको छ ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले सोमबार जारी गरेको परिपत्रमा भनिएको छ, ‘सुनुवाइका निम्ति सम्भव भएसम्म’ फोन, इमेल फ्याम्क्स आदिको उपयोग गर्ने।

advertisement

इन्टरनेट र टेलिकम सेवा प्रदायकहरूको ‘फोर-जी’ सेवा विस्तार भएका ठाँउमा सहजै यो व्यवस्था कार्यान्वयन हुनेछ। तर केही दुर्गमका जिल्लाहरूमा भने कार्यान्वयन गर्न कठिन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?