advertisement

सियान महानगरपालिका र नेपालको बुटवल उपमहानरपालिकाबीच गत वर्ष चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका समयमा भगिनी सम्बन्ध कायम भएको थियो । त्यसैले सियान नगरले बुटवललाई सहयोग सामग्री प्रदान गरेको हो ।

" /> कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि चीनको सियान महानगरद्वारा स्वास्थ्य सामग्री सहयोग - Sarbocha Media

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि चीनको सियान महानगरद्वारा स्वास्थ्य सामग्री सहयोग

`

     २०७७ वैशाख ०१ गते ५:०५

कोठमाडौं, ०१ बैशाख । चीनको साङ्सी प्रान्तमा अवस्थित सियान महानगरपालिकाले कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपालको बुटवल उपमहानरपालिका, काठमाडौँ र धुलिखेलका अस्पतालहरुमा प्रयोग गर्नेगरी स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

उक्त महानगरपालिकाले ३० हजार मेडिकल मास्क, एक हजार एन९५ मास्क, ५०० थान पिपिइ तथा थर्मामिटर, भेन्टिलेटरलगायत करिब रु एक करोड आठ लाख बराबरका सहयोग सामग्री उपलब्ध गराएको हो ।

नेपाल ट्रान्स हिमालयन सोसाइटीमार्फत उपलब्ध गराइएका ती सहयोग सामग्री छिट्टै नेपाल सरकारलाई प्रदान गरिने सो सोसाइटीका अध्यक्ष प्रा डा राजिवकुमार झाले जानकारी दिनुभयो ।

advertisement

सियान महानगरपालिका र नेपालको बुटवल उपमहानरपालिकाबीच गत वर्ष चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका समयमा भगिनी सम्बन्ध कायम भएको थियो । त्यसैले सियान नगरले बुटवललाई सहयोग सामग्री प्रदान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?