काठमाडौं, ३० चैत । सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल छिर्न खोज्ने नागरिकबीच यस्तो संवाद दिनहुँजसो हुन्छ ।
भारतका विभिन्न स्थानबाट आइपुगेकाहरू अनेक बहाना बनाएर सीमा पार गर्न खोज्छन् । सुरक्षाकर्मीहरू भने कोभिड–१९ संक्रमणको जोखिमका कारण रोक्छन् । यसक्रममा कहिलेकाहीं चर्कै विवाद पनि हुन्छ ।
कैलालीको टीकापुर क्षेत्रमा रहेको भारतसँग जोडिएको अन्तिम बिन्दु श्रीलंका टापुलगायत सीमा क्षेत्रको गस्तीमा खटिएका सशस्त्र प्रहरी ।
कतिपय नागरिक भने सुरक्षाकर्मीको आँखा छलेर नेपाल भित्रिन्छन् । उनीहरूलाई स्थानीय तह र सुरक्षाकर्मीले खोजेर क्वारेन्टाइनमा राख्ने गरेका छन् ।

कतिपय ठाउँमा नेपाल प्रवेशका लागि सिमानामा आइपुगेकाहरूलाई भारतीय सुरक्षाकर्मीसँग समन्वय नगरे उतैका क्वारेन्टाइनमा राख्ने गरिएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।




