काठमाडौं, २६ चैत। आज बिहान लकडाउनको उल्लंघन गर्ने दुई हजार ३ सय १ एक जनामाथि कारबाही भएको छ ।
बिहान मात्रै लकडाउन उल्लंघन गर्ने काठमाडौं, ललितपुर र भक्तपुर सर्वसाधारणलाई रहेको पाइएको छ ।
काठमाडौंबाट एक हजार ४ सय २४ पुरुष, ५ सय महिला, ललितपुरबाट २ सय ७४ पुरुष र ७९ महिला र भक्तपुरबाट २० पुरुष र २४ जना महिला जना रहेको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी जानकारी दिएको छ ।

सोही समयमा १७ वटा चार पांग्रे र १ सय १२ वटा दुई पांग्रे सवारीसाधन पनि नियन्त्रणमा लिइएको छ ।




