advertisement

जनतालाई सुरक्षा दिने सुरक्षाकर्मीमा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्रीको अभाव खड्किएको छ ।

जिल्लामा करीब आठ सय सुरक्षाकर्मीमध्ये आधा सुरक्षाकर्मी क्वारेन्टाइनको सुरक्षामा खटिएका छन् ।

कपिलवस्तुमा जस्तै समस्या रुपन्देही जिल्लामा पनि देखिएको छ । रुपन्देहीमा प्रहरीका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री नहुँदा काममा समस्या भएको छ ।

" /> प्रहरीले नै पाएनन् मास्क र पञ्जा - Sarbocha Media

प्रहरीले नै पाएनन् मास्क र पञ्जा

`

     २०७६ चैत्र २६ गते ३:१७

कपिलवस्तु, २६ चैत । कपिलवस्तुमा प्रहरीलाई नै आधारभूत स्वास्थ्य सुरक्षा सामग्री अभाव छ ।

लकडाउनका समयमा सिमानाको सुरक्षामा खटिनेदेखि चोकचोक र बस्तीमा समेत प्रहरी पठाएर कडाइ गरिए पनि तिनले आवश्यक मात्रामा सुरक्षाका सामग्री पाउन सकेका छैनन् ।

अधिकांश प्रहरीको हातमा पञ्जा छैन भने कतिपयले मास्कसमेत पाएका छैनन् । अहिले प्रहरी र स्वास्थ्यकर्मी नै कोरोना भाइरसविरुद्ध सबैभन्दा बढी खटिएका छन् ।

advertisement

जनतालाई सुरक्षा दिने सुरक्षाकर्मीमा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्रीको अभाव खड्किएको छ ।

जिल्लामा करीब आठ सय सुरक्षाकर्मीमध्ये आधा सुरक्षाकर्मी क्वारेन्टाइनको सुरक्षामा खटिएका छन् ।

कपिलवस्तुमा जस्तै समस्या रुपन्देही जिल्लामा पनि देखिएको छ । रुपन्देहीमा प्रहरीका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री नहुँदा काममा समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?