advertisement

त्यस्तै, ब्रिटिस एयरवेजले कर्मचारी निष्काशन गर्न बाध्य हुने बताएको छ। सीईओ एलेक्स कुर्जले ४५ हजार कामदारलाई ब्रिटिस एयरवेज बचाउन ठूलो दबाब उत्पन्न भएको उल्लेख गरेका छन्।

त्यस्तै, जर्मनीको विमान कम्पनी लुफ्थान्साले दुईतिहाइभन्दा बढी उडान कटौती गरेको छ। यसका ८ सय विमान ग्राउन्डेड छन्। लुफ्थान्सा ग्रुपका कार्यकारी कास्र्तन स्पोरले अमेरिका, चीन, इजरायल, इरान तथा विभिन्न युरोपेली देशमा गरी ३० हजार उडान रद्द गरिएको बताएका छन्। अमेरिकामा मात्रै लुफ्थान्साका ७० दैनिक उडान थिए। त्यस्तै, एयर फ्रान्सले भर्खरै १।१ अर्ब पाउन्ड चक्रीय ऋणका रुपमा स्वीकार गरेको छ। यससँग अब जम्मा ५.५ अर्ब युरो मात्र कार्यशील पँुँजी छ। यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

" /> कोरोना महामारीका कारण विमान कम्पनीहरू दुई महिनादेखि ठूलो घाटा व्यहोर्दै - Sarbocha Media

कोरोना महामारीका कारण विमान कम्पनीहरू दुई महिनादेखि ठूलो घाटा व्यहोर्दै

`

     २०७६ चैत्र १९ गते ३:२४

काठमाडौं, १९ चैत । कोरोना महामारीका कारण संसारभर सम्पर्क सञ्जाल विच्छेद भएपछि विमान कम्पनीहरू प्रत्यक्ष मारमा परेका छन्। धेरैजसो हवाई कम्पनी दुई महिनादेखि ठूलो घाटा व्यहोरिरहेका छन्। विमानस्थलको पार्किङ खर्च धान्न पनि उनीहरूलाई धौधौ छ।

विश्वको एकचौथाइ जनसंख्या यति बेला लकडाउनमा छ। कोरोना महामारी साम्य भएर आममानिस विश्वस्त भई यात्रा गर्न अझै धेरै समय लाग्ने देखिन्छ। महामारीसँग जुझिरहेका मुलुकले बाह्य उडान मात्र होइन, आन्तरिकसमेत ठप्प बनाएका छन्।

एयरलाइन्सहरूले सन् २०२० को जनवरीयता मात्रै २५२ अर्ब अमेरिकी डलर घाटा व्यहोरेको नयाँ प्रक्षेपण अन्तर्राष्ट्रिय हवाई यातायात संघ ९आएटा०ले सार्वजनिक गरेको छ। आएटाले एयरलाइन्स कम्पनीको पुनःस्थापनामा लामो समय लाग्ने उल्लेख गरेको छ।

आएटाका अनुसार मे महिनासम्म अहिलेकै अवस्था लम्बिरहेको खण्डमा विश्वका सबैजसो विमान कम्पनी टाट पल्टिनेछन्। अमेरिकी हवाई सेवा कम्पनी अमेरिकन एयरलाइन्सले यसका कर्मचारीको रोजगारी संरक्षणका लागि भन्दै सरकारसँग १२ अर्ब डलर सहायता माग गरेको छ।

संसारको सबैभन्दा ठूलो एयरलाइन्स कम्पनीले सरकारसँग सेप्टेम्बर ३० सम्म ६ अर्ब डलर अनुदान र बाँकी ६ अर्ब ऋणमा माग गरेको हो। अमेरिकी सरकारले २० खर्ब डलरको राहत प्याकेजमध्ये ५० अर्ब डलर एयरलाइन्स कम्पनीको उत्थानका लागि छुट्याएको छ। हवाई यातायातलाई प्राथमिकतामा राखेको अमेरिकाका सबै आन्तरिक विमान कम्पनीले कोरोना महामारी सुरु भएयता ठूलो घाटा व्यहोर्दै आएका छन्।

advertisement

त्यस्तै, ब्रिटिस एयरवेजले कर्मचारी निष्काशन गर्न बाध्य हुने बताएको छ। सीईओ एलेक्स कुर्जले ४५ हजार कामदारलाई ब्रिटिस एयरवेज बचाउन ठूलो दबाब उत्पन्न भएको उल्लेख गरेका छन्।

त्यस्तै, जर्मनीको विमान कम्पनी लुफ्थान्साले दुईतिहाइभन्दा बढी उडान कटौती गरेको छ। यसका ८ सय विमान ग्राउन्डेड छन्। लुफ्थान्सा ग्रुपका कार्यकारी कास्र्तन स्पोरले अमेरिका, चीन, इजरायल, इरान तथा विभिन्न युरोपेली देशमा गरी ३० हजार उडान रद्द गरिएको बताएका छन्। अमेरिकामा मात्रै लुफ्थान्साका ७० दैनिक उडान थिए। त्यस्तै, एयर फ्रान्सले भर्खरै १।१ अर्ब पाउन्ड चक्रीय ऋणका रुपमा स्वीकार गरेको छ। यससँग अब जम्मा ५.५ अर्ब युरो मात्र कार्यशील पँुँजी छ। यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?