काठमाडौं, १६ चैत। विश्वलाई आतंकित बनाइरहेको कोरोना भाइरसको एकदम छिट्टो परीक्षण गर्ने प्रविधि बनेको छ ।
अमेरिकी कम्पनी एबोटले सबैभन्दा छिटो भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको हो ।
अमेरिकाले बनाएको यो प्रविधिले पाँच मिनेटमा प्रयोगशालाको झन्झट बिना नै नतिजा दिनसक्ने जनाएको छ । आगामी साताबाट दैनिक ५० हजारको दरले यो मेसिन निर्माण सुरु हुन सक्ने जनाइएको छ ।

हाल अमेरिकामा यसलाई भाइरस परीक्षणको अनुमति दिएको र यसको नतिजा कति प्रतिशत सही छ भन्ने कुरा भने सार्वजनिक नभएको बताइएको छ ।




