मेलम्ची, १५ चैत । हेलम्बु गाउँपालिकाले प्रत्येक वडाको ३९ ठाउँ तोकेर क्वारेनटाइन निर्माण गर्ने भएको छ । शुक्रबार हेलम्बु गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।
गाउँपालिकाभरि ३९ ठाउँमा जम्मा ३०५ श्ययाकोे क्वारेन्टाइन निर्माण गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । साथै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न ५० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णयसमेत गरेको अध्यक्ष शेर्पाले बताउनुभयो ।

बैठकले हेलम्बुवासीलाई घर नछाड्न र लकडाउनलाई कडाइका साथ पालना गर्न पनि आह्वान गरेको छ ।




