भक्तपुर, मंसिर ११ । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई सरकारले शुक्रबारदेखि खाना दिन बन्द गरेको छ।
यसअघि शान्ति सेवा गृहले खुवाउँदै आएको खाना शुक्रबारदेखि रोकिदिएको हो।
सरकारले सूचना नै जारी गरी शुक्रबारदेखि होल्डिङ सेन्टर खाली गर्न भनेको थियो।
खाना पनि रोकिएपछि शुक्रबार केही परिवारले आफैं व्यवस्था गरेर खाएका छन् भने केही भोकै बसेका छन्।
खानाको व्यवस्था नभएपछि त्यहाँका बालबालिकासमेत शुक्रबार विद्यालय जान पाएनन्।




