काठमाडौं, वैशाख २७ । नेपाल क्रिकेट सङ्घले आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग-२ अन्तर्गत स्कटल्याण्ड र अमेरिकासँग हुने सिरिजका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । यो सिरिज मे १२ देखि २२ सम्म टियु क्रिकेट मैदानमा हुदैछ ।
नेपाली टिममा यस सिरिजका लागि इशान पाण्डेलाई अवसर दिइएको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप(कप्तान) , कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, ईशान पाण्डे, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव, अर्जुन कुमाल, सोमपाल कामी, विनोद भण्डारी र करण केसी रहेका छन् ।



