काठमाडौं, वैशाख २५ । सरकारले विकल्प बिना बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरू सडक प्रदर्शनमा उत्रिएका छन् ।
नौ दिन अघि काठमाडौंबाट सुरू भएको बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीनहरू सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंका १६ बस्तीबाट नौ दिनमा १५ हजार बढी विस्थापित भइसकेका छन् ।
त्यस्तै अवस्था आफ्नै क्षेत्रमा पनि आउने आशंकामा अहिले भूमिहीनहरू आवासको अधिकारको माग गर्दै सडकमा उत्रिएका हुन् ।




