यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

`

     २०८३ वैशाख १२ गते १०:२६

काठमाडौँ, बैशाख १२ । घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर बलिङ रोजेपछि नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो। अंक तालिकाको पुछारमा रहेका नेपाल र यूएई दुवै टोलीलाई शीर्ष ६ मा रहेर एक दिवसीय मान्यता जोगाउने चुनौती छ।

त्यसैले एकअर्काविरुद्ध मैदान उत्रँदा नेपाल र यूएई दुवै जितको खोजीमा हुनेछन्। ओमान भने २९ अंकमा तालिकाको तेस्रो स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?