एजेन्सी, ११ चैत । कोरोना भाइरस अर्थात कोभिड–१९ को सङ्क्रमणबाट जिम्बाब्वेमा एक पत्रकारको ज्यान गएको छ । कोरोनाका कारण ज्यान गुमाएका उनी ३० वर्षीय टेलिभिजन पत्रकार हुन् ।
जिम्बाब्वेमा कोरोना भाइरसका कारण ज्यान गएका उनी पहिलो व्यक्ति रहेको बताइएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पत्रकार जोरोरो माकम्बालाई गएको बिहीबार अस्पताल भर्ना गरिएको थियो ।

अस्पताल भर्ना पत्रकारको सोमबार ज्यान गएको जिम्बाब्वेका स्वास्थ्य मन्त्रीले बताएका छन् । मृत्यु भएका पत्रकार निमोनियाका समेत बिरामी थिए । यस्तै गएको वर्ष उनको छातीबाट ट्युमर पनि निकालिएको थियो ।




