काठमाडौँ, चैत १७ । प्रधानमन्त्री बालेन्द्र शाहले गभर्नर डा. विश्वनाथ पौडेललाई स्वतन्त्र रुपमा नडराई काम गर्न भनेका छन्।
राष्ट्र बैंकका एक अधिकारीका अनुसार सोमबार प्रधानमन्त्री र गभर्नरबीच भेटवार्ता भएको थियो।
भेटमा देशको आर्थिक अवस्था सुधारका बारेमा कुराकानी भएको थियो। सम्पत्ति शुद्धीकरण नियन्त्रणमा कडा कदच चाल्न प्रधानमन्त्री शाहले गभर्नर पौडेललाई भनेका थिए।



