काठमाडौं । काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डेले मंगलबार काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै अबको प्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नै हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।
कुराकानीका क्रममा पत्रकारहरूले रास्वपा उपसभापति डीपी अर्यालले केही दिनअघि बालेनलाई पाँच वर्ष प्रधानमन्त्री बनाउने सहमतिबारे आफूलाई थाहा नभएको भन्दै दिएको अभिव्यक्तिलाई लक्षित गर्दै प्रश्न सोधेका थिए ।
जसको जवाफमा पाण्डेले भने, ‘उहाँले भनेको मलाई थाहा छैन । भनेको हो भने गैह्र जिम्मेवार कुरा हो । त्यो गैह्र जिम्मेवार कुरा गरे जनता कसैले पनि सहनेवाला छैन ।’




