काठमाडौँ, माघ २४ । नेदरल्यान्ड्सलाई पराजित गर्दै पाकिस्तानले भारत र श्रीलंकामा सुरु आइसीसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ।
श्रीलंकाको कोलोम्बोस्थित सिन्हालेस स्पोर्टस क्लब ग्राउण्डमा शनिबार भएको उद्घाटन खेलमा नेदरल्यान्डसलाई ३ विकेटले पराजित गर्दै पाकिस्तानले सुखद सुरुवात गरेको हो।
नेदरल्यान्ड्सले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले ३ बल अगावै ७ विकेटको क्षतिमा भेट्टायो।






