६ महिनामा १० खर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात

`

     २०८२ माघ ०८ गते ३:००

काठमाडौँ, ७ माघ । चालु आर्थिक वर्ष २०८२\८३ को ६ महिनाको अवधि (साउन–पुस ) मा १० खर्ब बराबरको वैदेशिक व्यापार भएको छ ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार ६ महिनामा १० खर्ब ८१ अर्ब ४ करोड बराबरको वैदेशिक व्यापार भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १७.३६ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष ९ खर्ब २१ अर्ब १५ करोड बराबरको वैदेशिक व्यापार भएको थियो । कुल व्यापारमध्ये ९ खर्ब ३९ अर्ब २ करोड बराबरको आयात भएको छभने १ खर्ब ४२ अर्ब १ करोड बराबरको वस्तु निर्यात भएको विभागले जनाएको छ ।

यस्तै गत वर्षको यसै अवधिमा ८ खर्ब २२ अर्ब ३७ करोड बराबरको आयात हुँदा ९८ अर्ब ७८ करोड बराबरको वस्तु निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । यसअनुसार गत वर्षको तुलनामा आयात १४.१८ प्रतिशतले बढेको छभने निर्यातमा ४३।७६ प्रतिशतले बढेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?