काठमाडौँ, माघ ७ । रास्वपा सभापति रवि लामिछानेले आफूमाथि नचाहिने अभियोजन लगाइएको भए पनि अदालती प्रक्रियाको सम्मान गर्नुपर्ने बताएका छन्।
उनले जे जस्तो भए पनि अदालती प्रक्रियालाई सम्मान गर्नुपर्ने र स्वीकार गर्नुपर्ने बताउँदै भने, ‘नचाहिने कुराहरू लगाइ अभियोजनहरू भएको छ। तर अदालतको विकल्प छैन। यो प्रक्रियाको सम्मान गर्नुपर्छ।’
लामिछानेले आफूमाथि धेरै मुद्दा भएपछि त्यसले मानसिक रूपमा विक्षिप्त बनाउने पनि बताए। उनले भने, ‘अदालतप्रतिको गलत टिप्पणी गर्नु हुँदैन। अदालतका बहसहरू सडकमा आउनु राम्रो होइन।’




