आखिर म पनि निर्वाचनमा उठ्ने नै भएँ

`

     २०८२ पौष १५ गते ६:१५

काठमाडौं, पुष १५ । फिल्म निर्माता तथा अभिनेता दीपकराज गिरीले मंगलबार बेलुका फेसबुकमा सांकेतिक स्टाटस पोस्ट गरेका छन्, जसले उनको आउँदो फिल्मको कथावस्तु, चरित्र चित्रणबारे धेरै कुरा बताउँछ ।

उनी लेख्छन्, ‘आखिर म पनि निर्वाचनमा उठ्ने नै भएँ ।’

समयक्रममा धेरैजनाले आफूलाई कांग्रेस, एमाले, राजावादी र माओवादी भएको बताउने गरेको र पछिल्लो समय धेरैले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी ठान्ने गरेको किस्सा उनले सुनाएका छन् ।

फागुनमा छायांकन सुरु हुन लागेको फिल्ममा आफूले अन्यायविरुद्ध निर्वाचनमा होमिएको उम्मेदवारको कथामा अभिनय गर्न लागेको उल्लेख गरेका छन् । ‘म उठ्ने त्यसैमा हो’ उनले चरित्र चित्रणबारे भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?