काठमाडौं । नुवाकोटका २८ वर्षीय दीपक गजुरेल २३औँ पटक पक्राउ परेका छन्, त्यो पनि एउटै प्रकृतिको अपराध गरेको गजुरेललाई प्रहरी वृत्त गौशालाको विशेष टोलीले शुक्रबार सिनामंलगबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गजुरेलले बुधबार सिनामंलगस्थित राजश्री बचत तथा ऋण सहकारी संस्थाको कार्यालय तोडफोड गरेर लुटपाट गरेका थिए । प्रहरीको विशेष टोलीले सहकारीको कार्यालय तथा आसपासका सीसीटीभी फुटेजका आधारमा सहकारी लुट्ने गजुरेलाई पहिचान गरेर पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका गजुरेलमाथि अनुसन्धान गर्दा भने प्रहरी नै चकित परेको छ । अनुसन्धानका क्रममा गजुरेल सहकारी लुटपाटका ‘नटवरलाल’ नै भएको खुलेको छ । काठमाडौं प्रहरीका एसपी पवन भट्टराइका अनुसार गजुरेलले काठमाडौं–पोखरालगायतका सहरका विभिन्न १९ वटा सहकारी लुटेको खुलेको हो ।




