एक हप्ता नहुदै सुनको मुल्य तोलामा १० हजार ७ सय रुपैयाँ घट्यो

`

     २०८२ मंसिर ०३ गते ११:३३

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ तोकेको छ ।

छ दिनमा सुनको भाउ तोलामा १० हजार ७ सय रुपैयाँ घटेको छ । कात्तिक २७ गते २ लाख ५० हजार २ सयमा सुनको कारोबार भएको थियो ।

चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३१५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३०९० रुपैयाँमा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?