advertisement

‘आउटलेटबाट एउटा उपभोक्ताले एक थानभन्दा बढी संख्यामा सिलिन्डर नपाउने व्यवस्था गरेका छौं,’ पौडेलले भने, ‘साँच्चिकै पीडामा रहेका,सहज रूपमा ग्यास नपाएर चुलोचौका बाल्न नपाएका समूहका लागि विशेष व्यवस्था गरिएको हो।’ यो खबर आजको अन्नपूर्ण दैनिकमा छ ।

" /> २२ वटा ग्यास उद्योगले बिहान १० देखि ५ बजेसम्म ग्यास वितरण गर्दै - Sarbocha Media

२२ वटा ग्यास उद्योगले बिहान १० देखि ५ बजेसम्म ग्यास वितरण गर्दै

`

     २०७६ चैत्र ०९ गते २:५५

काठमाडौं, ९ चैत । राजधानीमा आइतबारदेखि ग्यासको अतिरिक्त बिक्री केन्द्र (आउटलेट) सञ्चालन हुँदै छ। नेपाल आयल निगमले एलपी ग्यास उद्योग संघको सहकार्यमा निम्न र मध्यम वर्गलाई राहत दिने उद्देश्यले अतिरिक्त बिक्री केन्द्र राख्न लागेको हो। २२ वटा ग्यास उद्योगले बिहान १० देखि ५ बजेसम्म ग्यास वितरण गर्नेछन्।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार कोरोना भाइरसको हल्लासँगै उपत्यकामा बसोबास गर्ने उच्च मध्यम वर्ग र उच्च वर्गले अत्यधिक संख्यामा खाना पकाउने ग्यासको सञ्चित गरेका छन्। यसले गर्दा निम्न वर्ग, अति निम्न वर्ग र मध्यम वर्ग समयमा सिलिन्डर पाउन सास्ती व्यहोर्न बाध्य छन्।

‘हामीले मागभन्दा दोब्बर परिमाण ग्यास आपूर्ति गरिरहेका छौं। त्यही परिमाणमा उद्योगबाट सिलिन्डर पनि बजारमा गइरहेका छन्। तर निम्न वर्गले सहज रूपमा सिलिन्डर पाउन सकेका छैनन्,’ पौडेलले भने, ‘तिनलाई लक्षित गरी संघको सहकार्यमा अवस्था सामान्य नहुँदासम्म अतिरिक्त आउटलेट व्यवस्था गरेका छौं।’

साबिकका डिपो, डिलर र बिक्री केन्द्र पनि पूर्ववत् सञ्चालनमा रहनेछन्।यस्ता आउटलेटबाट उपभोक्ताले खाली सिलिन्डर साटेर भरिएका सिलिन्डर तत्कालै प्राप्त गर्न सक्नेछन्। तर एकजना उपभोक्ताले एक थान मात्रै सिलिन्डर पाउने व्यवस्था गरिएको छ। निगमले प्रतिसिलिन्डर एक हजार तीन सय ७५ रुपैयाँ मूल्य तोकेको छ।

advertisement

‘आउटलेटबाट एउटा उपभोक्ताले एक थानभन्दा बढी संख्यामा सिलिन्डर नपाउने व्यवस्था गरेका छौं,’ पौडेलले भने, ‘साँच्चिकै पीडामा रहेका,सहज रूपमा ग्यास नपाएर चुलोचौका बाल्न नपाएका समूहका लागि विशेष व्यवस्था गरिएको हो।’ यो खबर आजको अन्नपूर्ण दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?