काठमाडौं, भदौ १ । भुटानमा हुने साफ यू-१७ महिला च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । आइतबार एन्फा कम्प्लेक्समा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरिएको हो ।
टोलीलाई एन्फा कार्यकारिणी सदस्य पुरूषोत्तम थापा र विकास नारायण श्रेष्ठ, उपमहासचिव बद्री भट्टराई, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, प्राविधिक निर्देशक हरि खड्का सहित अन्य पदाधिकारीहरूले बिदाइ गरे।
अगस्ट २० देखि ३१ सम्म चाङ्लिमिथाङ रंगशालामा सञ्चालन हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले २० अगस्टमा भारतविरुद्ध खेल्नेछ।




