काठमाडौँ । अस्ट्रेलियमा हुने टप इन्ड टी-२० सिरिजमा ललित राजवंशीको ठाउमा साहब आलमले खेल्ने भएका छन् । यसअघि अस्ट्रेलिया जाने तयारीमा रहेका ललितकी आमाको निधन भएपछि साहबलाई टोलीमा राखिएको हो ।
ललितकी आमाको आइतबार बिहान विराटनगरस्थित निवासमा निधन भएको थियो । नेपाली टोली टप इन्ड सिरिज खेल्न अस्ट्रेलियाको डार्विन जाँदैछ ।




