काठमाडौँ, २५ साउन । गाईजात्राको अवसरमा लैङ्गिक अल्पसङ्ख्यकले परेड निकालेका छन् । निल हीरा समाजको आयोजनामा नारायणचौरदेखि वसन्तपुरसम्म परेडको आयोजना गरिएको हो ।
गाईजात्राको अवसरमा अरू समुदायले दिवङ्गत आत्माको सम्झनामा गाईजात्रा निकाल्ने गरेका छन् । तर यौनिक अल्पसङ्ख्यकहरूले भने आफ्नो समूहका दिवङ्गतको सम्झनामा गाईजात्रा परेड प्रदर्शन गरेका छन् ।




