नेपालले भुटानलाई दियो ३५९ रनको विशाल लक्ष्य

`

     २०८२ आषाढ १७ गते १:०४

काठमाडौँ, असार १७ । नेपालले भुटानलाई ३५९ रनको लक्ष्य दिएको छ ।

जारी एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाउदै ३५८ रन बनाएको हो ।

नेपालका लागि रौनक श्रीवास्तवले अविजित १६८ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै जोय थापाले अविजित ६१ रन बनाए भने शिवांश बजगाईंले ५४ र सुगम बुढाथोकीले ३५ रन बनाएका थिए । त्यस्तै भुटानका बलर सांगे दोर्जीले ३ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?