सुन तस्करी प्रकरणमा फरार आरोपी अमला रोक्का पक्राउ

`

     २०८२ आषाढ ०६ गते ३:५९

काठमाडौँ, असार ६ । सुन तस्करी मुद्दामा फरार रहेकी रोल्पाकी अमला रोक्का पक्राउ परेकी छिन् । तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नीसमेत रहेकी रोक्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

उनी ६१ केजी अवैध सुन तस्करीको मुद्दामा अनुसन्धान सुरु भएपछि फरार थिइन् । प्रहरीले अमला रोक्काविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिससमेत जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?