भारत-पाकिस्तान द्वन्द्वले आईपीएल स्थगित

`

     २०८२ वैशाख २६ गते १:१९

एजेन्सि, वैशाख २६ । भारत-पाकिस्तान द्वन्द्व चर्किँदा १८औं सिजनको आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

भारतीय क्रिकेट बोर्ड(बीसीसीआई) ले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै आईपीएल स्थगित गर्ने निर्णय गरेको हो । बीसीसीआईले औपचारिक रूपमा केहीबेरमा यसबारे जानकारी दिने छ । बिहीबार धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि सुरक्षाको कारण देखाउँदै स्थगित गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?