काठमाडौं, वैशाख ८ । अखिल नेपाल फुटबल संघ ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक लागि आवेदन खुला गरेको छ।
प्रशिक्षकका लागि प्रो लाइसेन्स प्राप्त गरेको र कम्तीमा २ वर्षको अनुभव आवश्यक भएको एन्फाको भनाइ छ। नेपालमा प्रो लाइसेन्स प्राप्त प्रशिक्षक नभएको अवस्थामा अब महिला टोलीको प्रशिक्षक पनि विदेशी हुने पक्का भएको छ।
एन्फाले विदेशी प्रशिक्षक ल्याउनका लागि गत बिहीबार खेलकुद मन्त्रालयबाट विज्ञापन प्रकाशन गर्ने अनुमति पाएको थियो।




