१५ दिनदेखि शिक्षकहरू सडकमा, सङ्ख्या समेत दिनप्रतिदिन बढ्दै

`

     २०८२ वैशाख ०३ गते २:१४

काठमाडौँ, वैशाख । १५ दिनदेखि शिक्षकहरू आन्दोलन जारी छ । शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन थप आक्रामक हुँदै गइरहेको छ । आन्दोलनमा शिक्षकहरूको सङ्ख्या समेत दिनप्रतिदिन बढ्दै गएको छ ।

महासङ्घले जिल्ला तथा घरमा रहेका शिक्षक कर्मचारीलाई काठमाडौँ आउन उर्दी नै जारी गरेको छ । महासङ्घका नेताहरूले आन्दोलनमा सहभागी नहुने, विद्यालय सञ्चालन गर्ने, अन्य क्रियाकलापमा सहभागी हुने शिक्षक तथा कर्मचारीहरूमाथि निगरानी भइरहेको जनाएका छन् । माग पूरा नहुँदासम्म आन्दोलनको मोर्चाबाट भाग्ने सुविधा नरहेको उनीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?