काठमाडौँ, २५ फाल्गुन । आईसीसी एक दिवसीय च्याम्पियन्स ट्रफीको आज फाइनल खेलमा उपाधिका लागि भारत र न्युजिल्यान्ड भिड्दैछन् ।
पाकिस्तानले आयोजना गरेको ट्रफीको फाइनल खेल आज नेपाली समय अनुसार २ बजेर ४५ मिनेटमा दुबईको इन्टरनेशनल स्टेडियममा सुरु हुनेछ ।
यी दुवै टिम फेरि एकपट आमनेसामने भएका छन् । पछिल्लो म्याच भारतले ४४ रनले जित निकालेको छ ।
दुबईमा एक दिवसीय प्रतियोगिताको इतिहास हेर्दा भारत अहिलेसम्म अपराजित छ । यहाँ खेलेका १० खेलमध्ये ९ मा जित र एक टाइ भएको थियो । स्लो पिच भएका कारण यहाँ स्पिनर नै गेम चेन्जर हुनसक्छन् ।




