काठमाडौँ, १२ पुस । मध्यपुरथिमि नगरपालिकाको आयोजनामा तीनदिने ‘मध्यपुर महोत्सव २०८१’ शुक्रबारदेखि सुरु भएको छ । मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै नगर र नगरवासीको दीर्घकालीन आर्थिक समृद्धिमा योगदान पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।




