advertisement

यस्तो अवस्थामा निगमले शनिबार पनि थानकोट डिपो सञ्चालनमा ल्याई पम्पलाई पेट्रोल उपलब्ध गराउनुपथ्र्यो। निगमले शनिबार डिपो बन्द राख्यो। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

" /> पेट्रोलियम पदार्थको सहज उपलब्धता, अनावश्यक हल्लाको पछि नलाग्न आग्रह - Sarbocha Media

पेट्रोलियम पदार्थको सहज उपलब्धता, अनावश्यक हल्लाको पछि नलाग्न आग्रह

`

     २०७६ चैत्र ०५ गते ३:१२

काठमाडौं, ५ चैत । हल्लाका भरमा अत्यधिक संख्यामा सञ्चित गर्दा बजारमा ग्यास अभाव देखिएको छ। पेट्रोल लिन पनि उपभोक्ता लामो लाइन लाग्न थालेका छन्। नेपाल आयल निगम र व्यवसायीले हल्लाअनुसार पूर्वतयारी नगर्दा पम्पहरूमा लाइन लाग्नुपर्ने अवस्था आएको हो।

उपत्यकाका पम्पहरूमा सोमबार साँझदेखि पेट्रोल लिन लाइन लागेको थियो। उपभोक्ताको भीड मंगलबार साँझसम्म यथावतै देखियो। यसमा मुख्य तीन कारण देखिएको नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिनेन्द्र प्रधान बताउँछन्।

भारतले कोरोना भाइरसको संक्रमण फैलिन नदिन गत आइतबारदेखि प्रमुख चारबाहेक अन्य नाका बन्द गरेको छ। भारतले नाकाबन्दी लगाएको भनेर गलत हल्ला चलाएका भरमा उपत्यकावासी सकेसम्म बढी परिमाणमा पेट्रोलको जोहो गर्न पम्पमा ओइरिए।

advertisement

यस्तो अवस्थामा निगमले शनिबार पनि थानकोट डिपो सञ्चालनमा ल्याई पम्पलाई पेट्रोल उपलब्ध गराउनुपथ्र्यो। निगमले शनिबार डिपो बन्द राख्यो। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?