काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिगमा जनकपुर बोल्टसले लगातार तेस्रो जित निकालेको छ । आज भएको खेलमा पोखरा एर्भेन्जर्सलाई ७ विकेटले पाखा लगाउँदै जनकपुरले ह्याट्रिक जित दर्ता गरेको हो ।
पोखराले दिएको १३८ रनको लक्ष्य पछ्याएको जनकपुरले १७ बल बाँकी रहँदै तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो । जनकपुरलाई ह्याट्रिक जित दिलाउन लाहिरु मिलान्थाले सर्वाधिक ४५ रन जोडे ।




