advertisement

चितुवाले बालिकाको पेटमा चारवटा, दुई खुट्टामा एक÷एकवटा नङ्ग्रा गाडेर घाइते बनाएको अस्पतालले जनाएको छ । अस्पतालमा उपचाररत बालिकाको स्वास्थ्य खतरामुक्त रहेको बालिकाका बाबु नारायण न्यौपानेले जानकारी दिनुभयो । याे खबर आजको गारखापत्रमा छ ।

" /> चितुवासँग लडेर आमाले गरिन् २१ महिनाकी छोरीको उद्धार - Sarbocha Media

चितुवासँग लडेर आमाले गरिन् २१ महिनाकी छोरीको उद्धार

`

     २०७६ चैत्र ०५ गते १:३८

तनहुँ, चैत ५ गते । तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल हुनुभएको छ । शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्रमण गरी घिसारेर ५० मिटर तल पु¥याएको चितुवासँग लडेर छोरीलाई बचाउनुभएको हो ।

घरको आँगनमा रहेको धारामा आमासँग हात समातेर पुगेकी २१ महिनाकी संस्कृति न्यौपानेलाई चितुवाले आक्रमण गरी लगेको थियो । छोरीलाई चितुवाले तानेर लगेसँगै होहल्ला गर्दै आमाले चितुवासँग लडेर छोरी बचाउनुभएको हो । चितुवाको आक्रमणमा परी घाइते छोरीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

advertisement

चितुवाले बालिकाको पेटमा चारवटा, दुई खुट्टामा एक÷एकवटा नङ्ग्रा गाडेर घाइते बनाएको अस्पतालले जनाएको छ । अस्पतालमा उपचाररत बालिकाको स्वास्थ्य खतरामुक्त रहेको बालिकाका बाबु नारायण न्यौपानेले जानकारी दिनुभयो । याे खबर आजको गारखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?