काठमाडौँ, मंसिर १० । पूर्वी नवलपरासीको देवचुली नगरपालिका-२ मा रहेको नेपालकै प्रतिष्ठित चौधरी ग्रुप उद्योग ग्रामको मुल गेटमा स्थानीयले तालाबन्दी गरेका छन् ।
उद्योगबाट निस्कने प्रदूषण नियन्त्रणमा बेवास्था गरेको, उद्योगको धुलो र प्रदूषणले आजित भएका स्थानीयले सोमबार उद्योगको मुल गेटमा नै तालाबन्दी गरेका हुन् ।




