नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य

`

     २०८० फाल्गुन १५ गते १:१७

काठमाडौँ, फाल्गुण १५ । नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै नामिबियाले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको हो ।

नामिबियाका लागि जान निकोलले १०१ रनको शतकीय पारी खेलेका थिए । उनले ३३ बलमा शतक बनाउदै टी-२० मा कम बलमा शतक बनाउने नयाँ रेकर्ड बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?