काठमाडौँ,१४ फागुन । हाइयर ग्राउन्ड नेपालले फन रन कार्यक्रम आयोजना गर्ने भएको छ । महिला सशक्तिकरणमा टेवा पुर्याउने तथा विपन्न वर्गका व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले फन रन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
फन रन कार्यक्रम आगामी चैत ३ गते विहान ७ बजे जाउलाखेलस्थित सेन्ट जेभियर्स स्कुलको खेलकुद मैदानमा आयोजना हुनेछ । फन रन कार्यक्रममा एक हजार पाँच सयभन्दा बढीको सहभागिता रहने अनुमान आयोजकले गरेको छ । फन रन कार्यक्रममा कुनै पनि उमेरका ब्यक्तिले सहभागिता जनाउन पाउने बताइएको छ । फन रन कार्यक्रमका सहभागीलाई एकता र समावेशीताको भावनामा दौडन वा हिँडन प्रोत्साहित गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा दौडवाहेक विभिन्न रमाइला कार्यक्रम पनि समावेश गरिएको छ ।




