एजेन्सी ०२ चैत। पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोको स्टार होटल अस्पतालमा परिवर्तन हुने भएको छ ।
पोर्चुगलमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै रोनाल्डोले आफ्नो स्टार होटललाई अस्पतालमा परिवर्तन गर्न सुरु गरेका हुन् । कोरोनाको संक्रमण बढ्न थालेपछि रोनाल्डोले विरामीको उपचारका लागि आफ्नै होटललाई अस्पतालमा रुपान्तरण गरेको जनाइएको छ ।
रोनाल्डोले होटललाई सात दिनभित्र अस्पतालमा परिणत गरेर कोरोना संक्रमित विरामीको नि : शुल्क उपचार गर्न लागेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यामका अनुसार लिस्बनमा रहेको रोनाल्डोको होटल ‘पेस्टाना सीआर–७’ लाई अस्थायी रूपमा अस्पतालमा परिवर्तन गर्न लागेको हो।




