काठमाडौं, ०२ चैत । पूर्व मिस नेपाल तथा मोडल उषा खड्गीले सम्बन्ध विच्छेद गर्ने भएकी छन् ।
खड्गीको विवाह १७ वर्षअघि जीपी तिमल्सिनासँग भएको थियो । विवाहपछि आफूमाथि हिंसा भएरहेको कारण सम्बन्ध विच्छेद गर्ने निष्कर्षमा पुगेको उनले बताएकी छन् ।

खड्गीले एक टेलिभिजनसँगको कुराकानीमा वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएको बताएकी छन् ।
यसअघि नै उषा र जीपीबीच डिभोर्स हुने चर्चा चलेको भएपनि उनीहरु दुवैले त्यसलाई नकार्दै आएका थिए ।



