काठमाडौं, ०१ चैत । भूमण्डलीकरणको यो युगमा सम्पूर्ण मानव जाति नै एक गाउँरूपी पृथ्वीमा निवास गरिरहेका छन् । हरेक देशका जनताको भाग्य एकआपसमा झन्झन् नजिकबाट जोडिँदै गई एक अभिन्न समष्टि बन्न पुगेको छ ।
यसपटक अकस्मात् आएको नोबेल कोरोना भाइरसको महामारी चीनभित्र लामो कठिन प्रयासपछि क्रमशः नियन्त्रण हुँदै गएको छ तर दुर्भाग्यको कुरा, यही महामारी अन्य स्थानमा देखापरी विश्वभर फैलिन थालेको हामी देख्दैछौँ ।
यसबाट सरुवा रोग, हावापानी परिवर्तन, वित्तीय सङ्कट आदि नयाँ खालका जोखिम कुनै देशको सीमाभित्र सीमित हुँदैन भन्ने चेतावनी हामीलाई पुनः प्राप्त भएको छ । विश्वको कुनै पनि एउटा देशले मात्र यसलाई व्यवस्थापन गर्न सक्दैन ।
चीनका राष्ट्रपति सी चिनफिङले भन्नु भए जस्तै ‘‘सम्पूर्ण मानव जाति नै एक साझा भाग्यको समग्र हो, हरेक देशका जनताको सुरक्षाका लागि जोखिमका रूपमा रहेको रोगमाथि विजय प्राप्त गर्न आपसी मेलमिलाप र सहयोग नै सबैभन्दा शक्तिशाली हतियार हो । ’’

रोगको महामारी फैलिन थालेदेखि नै चीन सरकारले सबैभन्दा प्रभावकारी कदम चाली महामारी नियन्त्रण गर्नुका साथसाथै महामारी नियन्त्रणको अन्तर्राष्ट्रिय सहकार्यलाई पनि उच्च महìव दिएको छ । राष्ट्रपति सीले विश्व स्वास्थ्य सङ्गठन र अन्य देशसँग सम्पर्क बढाउन धेरै पटक निर्देशन दिनुभई महामारी नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य गर्न हामीलाई दिशानिर्देश गर्नुभएको थियो । यो खबर आजको गोरखापत्रमा छ ।




