विश्वयुद्द निम्त्याउंँदै अमेरिका,हिजबुल्लाहले इजरायलमाथि घातक हमला गर्न सुरु

`

     २०८० कार्तिक ०५ गते ९:२३

काठमाडौं,५ कार्तिक । गत बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल पुगेर इजरायली प्रधानमन्त्री नेतान्यहुलाई हमास माथिको युद्द सकारात्मक भएको र थप हतियार प्रदान गर्ने प्रतिबद्दता व्यक्त गरे। उता संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा बुधबार नै पेश भएको गाजालाई मानविय सहायता प्रदान गर्ने प्रस्तावमा निषेधाधिकार भिटो प्रयोय गर्दै अमेरिकाले असहमति प्रकट गरेको छ। उता जोर्डनमा हुन लागेको अरबी राष्ट्रहरुसंग हुन लागेको महत्वपुर्ण बैठक पनि रद्ध भैसकेको छ।

अर्कोतर्फ लेबनानी लडाकु संगठन हिजबुल्लाहले लगातार इजरायलमाथि आक्रमण गर्न सुरु गरिसकेको छ। जसकारण यो युद्द सम्पुर्ण अरबी राष्ट्रहरुमा समेत फैलनसक्ने भएकोले यो युद्द निकट भविष्यमा नै विश्वयुद्दमा परिणत हुनसक्ने जानकारहरु बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?